PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता, ट्रम्पको चीन भ्रमणबारे कुराकानी



पहिलोपोस्ट

चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता, ट्रम्पको चीन भ्रमणबारे कुराकानी
फोटो श्रोतः mercopress.com

बेइजिङः चिनियाँ राष्ट्रपति सि चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार बिहान टेलिफोन वार्ता भएको छ। 

यस वार्तामा ट्रम्पको चीन भ्रमणका विषयमा कुराकानी भएको बताएको छ। राष्ट्रपति ट्रम्पले यसै वर्षको अन्त्यतिर चीन भ्रमण गर्दैछन्।

अमेरिकी राष्ट्रपतिको चीन भ्रमण, पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा सिर्जना भएको तनावका साथै समसामयिक विश्व राजनीतिका बारेमा उनीहरु बीच फोनवार्ता भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएको छ। 

फोनवार्ताका क्रममा चीनले अमेरिकासँग सहकार्य गर्ने र यसबाट आपसी हितका क्षेत्रमा आगामी दिनमा पनि मिलेर काम गर्ने वातावरण निर्माण भएको जानकारी चिनियाँ राष्ट्रपति चिनफिङले दिएको बताइएको छ। 

अमेरिकी राष्ट्रपति ट्रम्पले आफू चीन भ्रमणमा आउन प्रतिक्षारत रहेको बताएका थिए। 

साथै यस भ्रमणले चीन र अमेरिकाबीचको सम्बन्धलाई आगामी दिनमा थप उचाइमा पुर्याउने र यसले द्विपक्षीय हित र आपसी फाइदाका नयाँ सम्भावनाहरुको ढोका खोल्ने राष्ट्रपति ट्रम्पले बताएका थिए। 

साथै उनीहरुबीच उत्तर कोरियाले आणविक परीक्षणहरुलाई निरन्तरता दिइरहेकोले यसका कारण कोरियाली प्रायद्वीपमा जारी तनाव कमगर्ने विषयमा पनि कुराकानी भएको थियो। 

उनीहरुबीच दुई हप्तायता दुई पटक फोन वार्ता भएको सिन्ह्वाले जानकारी दिएको छ। यसअघि उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेपछि पनि उनीहरुबीच फोनवार्ता भएको थियो।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell