PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

पोखरामा सरकारी गाडी तोडफोड, पक्राउ परेका नेता रिहाइको माग



पहिलोपोस्ट

पोखरामा सरकारी गाडी तोडफोड, पक्राउ परेका नेता रिहाइको माग

पोखराः नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आज दिउँसो पोखरामा एउटा सरकारी गाडी तोडफोड गरेका छन्।

पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ८ जनप्रिय स्कुल नजिक रत्नचोकमा रोकी राखिएको बा १ झ ९६२२ नम्बरको सरकारी गाडी नेकपाका कार्यकर्ताले तोडफोड गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी कास्कीले आफ्ना पार्टीका जिल्ला सेक्रेटरी नन्दप्रसाद तिवारी “जगन”, लगायत पाँच जना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरी प्रहरीले विष्फोटक पदार्थ ओसारपसार सम्बन्धी ऐनअन्तर्गत मुद्दा चलाएको थियो।

उनीहरुलाई तत्काल रिहाई गर्न माग गर्दै  नेकपाले पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो। 

पहिलो चरणमा बुधबारसम्म पोखरामा सरकारी सवारीसाधन चल्न नदिइने जनाइएको थियो। बिहीबारदेखि भने प्रदेश नम्बर चार अर्न्तरगतका जिल्लाहरुमा सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाइने नेकपा गण्डक ब्यूरोले जानकारी दिएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell