PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

माधव नेपालले भने–निर्वाचन संविधानको सफल कार्यान्वयनको सन्देश दिन सफल



पहिलोपोस्ट

माधव नेपालले भने–निर्वाचन संविधानको सफल कार्यान्वयनको सन्देश दिन सफल

इटहरीः  नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधानको सफल कार्यान्वयनका लागि स्थानीय तहको सहज निर्वाचनले सकारात्मक सन्देश दिएको बताएका छन्। 

सुनसरीको इटहरीमा आयोजित प्रदेश नं १ का पर्यटन व्यवसायीको एकदिने भेला उद्घाटन गर्दै नेता नेपालले  संविधान संशोधन र परिमार्जनका एकल नारा उराल्दै आएका राजनीतिक दल एवं शक्तिलाई नेपाली जनताले जनमतद्वारा ती आन्दोलन गलत थिए भन्ने गतिलो सन्देश दिएको बताए।

नेपालले प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचनले प्रदेश र संघको निर्वाचनलाईसमेत प्रभाव पार्न सक्ने भएकाले अहिलेको निर्वाचन परिणामले नेकपा एमालेलाई कसरी अघि बढ्नुपर्छ भन्ने रणनीति बनाउन बल पुग्ने बताए। 

उनले प्रदेशको चुनावमात्र नभई अब एमालेका लागि संघको चुनावसमेत जित्नै पर्ने स्थिति सामु आएकाले एमालेका सबै भ्रातृ संघ संगठनले आफूलाई पनि पार्टीको काँधमा आएको उक्त जिम्मेवारी एवं चुनौतीलाई ध्यान दिइ अघि बढ्नुपर्ने बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell