PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

सन्नी लियोनी अनलाइन जुवा खेलाउन काठमाडौँमा



सविन ढकाल

सन्नी लियोनी अनलाइन जुवा खेलाउन काठमाडौँमा

काठमाडौः भारतीय अभिनेत्री सन्नी लियोनी केही दिनदेखि अनलाइन जुवा खेलाउन काठमाडौँ बसिरहेकी छिन्।

जितविन डट कम अनलाइनमार्फत् काठमाडौंको र्‍याडिसन होटलमा जुवा खेलाइरहेको प्रचार फेसबुक लगायतका सामाजिक सञ्जालमा समेत गरिएको छ।

बाकारात, अन्दर बाहर, रोउलेट, क्यासम्यान जस्ता खेलहरु अनलाइमार्फत‍ खेलाइँदैछ। यी अनलाइन खेलहरुमा डिलर सन्नी लियोनी देखाइएको छ भने फोन नम्बरहरु एनसेलका नेपाली नम्बरहरु राखिएका छन्। 

सन्नीले आफ्नो फेसबुक पेजमा समेत अनलाइन गेमको लाइभ भिडियोसमेत राखेर प्रचार गरिरहेकी छिन्। 

प्रहरीलाई छैन जानकारी

नेपालमा अनुमति नलिई कुनै पनि अनलाइन जुवा खेलाउन पाइँदैन। सन्नी लियोनी नेपाल आएर जुवा खेलाइरहेको बारे कुनै जानकारी नभएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानले भने 'हामीलाई कुनै पनि जानकारी आएको छैन। नेपालमा अनलाइन जुवा खेलाउन पाइँदैन।'

नेपालमा खोलिएका क्यासिनोहरुमा पनि नेपाली नागरिकले जुवा खेल्‍न पाउँदैनन्। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell