PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

गच्छदार कार्यवाहक प्रधानमन्त्री



पहिलोपोस्ट

 गच्छदार कार्यवाहक प्रधानमन्त्री

काठमाडौंः कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सङ्‌घीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले सम्हालेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औं महासभामा भाग आज अमेरिकाको न्यूयोक प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री गच्छदारले सम्हाल्ने गरी तोक्नु भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल सेप्टेम्बर २८ मा स्वदेश फर्कने कार्यक्रम छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell