PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

वीरगंज महानगरको सुरुवाती मतगणनामा राजपाको अग्रता



राधेश्याम पटेल

वीरगंज महानगरको सुरुवाती मतगणनामा राजपाको अग्रता

वीरगंज : वीरगंज महानगरपालिकाको आज दिउँसोदेखि सुरु भएको मतगणनामा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले मेयरमा अग्रता लिएको छ। 

वडा नम्बर १ र ३२ का सय-सय वटा मत गन्दा राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले ८१ मत ल्याएका छन्। कांग्रेसका अजय द्विवेदीले ४० मत ल्याएर पछ्याइरहेका छन् भने संघीय समाजवादी फोरमका अजय सरावगीको मत २५ रहेको छ।

नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले १७ मत ल्याएका छन्। माओवादी केन्द्रका रहबर अन्सारीले १६ मत ल्याएका छन् भने एमालेका
बसरुद्दिन अन्सारीको मत ८ रहेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell