PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

वीरगंज महानगरमा राजपाको अग्रता कायमै, तीन सय मत गन्दा कांग्रेस तेस्रो स्थानमा



राधेश्याम पटेल

वीरगंज महानगरमा राजपाको अग्रता कायमै, तीन सय मत गन्दा कांग्रेस तेस्रो स्थानमा

वीरगंज : वीरगंज महानगरपालिकाको आज दिउँसोदेखि सुरु भएको मतगणनामा ३ वटा वडाको तीन सय मत गनिसक्दा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले मेयरमा लिएको अग्रता कायम राखेका छन्। 

वडा नम्बर १, २ र ३२ का सय-सय वटा मत गन्दा राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले ९३ मत ल्याएका छन्। दोस्रो स्थानमा संघीय समाजवादी फोरमका अजय सरावगीको मत ५७ रहेको छ।

कांग्रेसका अजय द्विवेदीले ४५ मत ल्याएर पछ्याइरहेका छन् भने  एमालेका बसरुद्दिन अन्सारीको  ४४ मत रहेको छ। माओवादी केन्द्रका रहबर अन्सारीले २४ मत ल्याएका छन्।  नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवको २५ मत रहेको छ।

हाल १, २, ३ र ३१ तथा ३२ वडाको मतगणना जारी छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell