वीरगंज : वीरगंज महानगरपालिकाको आज दिउँसोदेखि सुरु भएको मतगणनामा ८ सय मत गनिसक्दा राष्ट्रिय जनता पार्टी नेपालका मेयर उम्मेदवारले अग्रता कायम राखेका छन्।
वडा नम्बर १, २, ३१ र ३२ का ८ सय मत गनिसक्दा राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले २३७ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका अजय द्विवेदीको मत १९६ रहेको छ।
संघीय समाजवादी फोरमका अजय सरावगीको मत १३९ रहेको छ। माओवादी केन्द्रका युवा उम्मेदवार रहबर अन्सारीले १०३ मत ल्याएका छन्। त्यसैगरी नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवको ७६ मत रहेको छ भने एमालेका बसरुद्दिन अन्सारी ७२ मतमा छन्।
उपमेयरमा पनि राजपाका उम्मेदवारको अग्रता कायमै छ। राजपाका उम्मेदवारको २५१ र कांग्रेस उम्मेदवारको २०० मत रहेको छ।
हाल १, २, ३ र ३१ तथा ३२ वडाको मतगणना जारी छ।