PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

वीरगञ्ज महानगर अपडेट : राजपाले फेरि पछि पार्‍यो कांग्रेसलाई 



राधेश्याम पटेल

वीरगञ्ज महानगर अपडेट : राजपाले फेरि पछि पार्‍यो कांग्रेसलाई 

वीरगञ्जः सोमबार सम्पन्न स्थानीय तह तेस्रो चरणको निर्वाचनको मतगणना जारी छ। प्रारम्भिक मतगणनामा बिहान ८ः२० बजेसम्मकाे जानकारी अनुसार राजपाका उम्मेदवार राजेशमान सिंहले १२ सय ३९ मतका साथ अग्र स्थानमा छन्।

केही समय अगाडि कांग्रेसका अजय द्धिवेदी अगाडि रहेकाेमा अहिले ९६६ मतका साथ सिंहलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा फोरमका विजय सरावगी छन्। उनले ४७६ मत पाएका छन्। 

हालसम्म ३५ सय ९२ मतगणना भएको छ। 

तेस्रो चरणको निर्वाचनको एकमात्र महानगर वीरगञ्जमा मतगणना जारी छ। प्रारम्भिक रुपमा राजपाले अग्रता लिए पनि मंगलबार मध्यरातमा कांग्रेसले उछिनेको थियो।

तर, बुधबार बिहानसम्म अार्इपुग्दा पुनः राजपाले अग्रता लिएको हाे।

माओवादी केन्द्रमा उम्मेदवार रहबर अन्सारीले ४०९ मत पाउँदा एमाले उम्मेदवारले ३२५ मत मात्र पाएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell