PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

पेट्रोललियम पदार्थको मूल्य वृद्धिमा कांग्रेसले भोलि दिल्लीमा प्रदर्शन गर्ने



पहिलोपोस्ट

पेट्रोललियम पदार्थको मूल्य वृद्धिमा कांग्रेसले भोलि दिल्लीमा प्रदर्शन गर्ने

नयाँदिल्लीः  काङ्ग्रेस कार्यकर्ताले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको र यसले सामान्य जनजीवनमा प्रभाव परेको भन्दै त्यसको विरोधमा भोलि  मानव साङ्लो बनाएर दिल्लीमा विरोध प्रदर्शन गर्ने भएको छ। 

सरकारले अकल्पनीय रूपमा करको दरमा वृद्धि गरेको विषय मानव साङ्लो प्रदर्शनमार्फत् सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले प्रदर्शन गर्न लागिएको कांग्रेस दिल्ली इकाई प्रमुख अजय माकेनले बताए। 

विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गरिने र यसले दिल्लीको ट्राफिकलाई प्रभावित नतुल्याउने माकेनले बताए। 

उनले पेट्रोल तथा डिजेलमा मोदी सरकारले तीन वर्षमा एघार पटक मूल्यवृद्धि गरेको दावी गरे। पेट्रोल र डिजेलमा क्रमशः ५१.७८ रुपैयाँ र ४४.४० रूपैयाँ विभिन्न करका रूपमा लिने गरिएको छ। 

दिल्लीमा अहिले पेट्रोलको प्रतिलिटर ७०.५२ रूपैयाँ र डिजेल प्रतिलिटर ५८.८५ रूपैयाँ पर्छ। रासस/पीटीआई

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell