PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

लापरवाहीको हदः पुल निर्माण पूरा गर्नुपर्ने बेलामा जम्मा २० प्रतिशत काम



पहिलोपोस्ट

लापरवाहीको हदः पुल निर्माण पूरा गर्नुपर्ने बेलामा जम्मा २० प्रतिशत काम

  • चन्द्रकान्त खनाल
बुटवलः  गुल्मी, पाल्पा र स्याङ्गजा जिल्लाको संगम रिडीमा पुल  निर्माण पूरा गर्नुपर्ने समयमा जम्मा बीस प्रतिशत काम सम्पन्न भएको छ। 
सम्झौता अनुसार २०७४ असार ९ गतेभित्र पुल निर्माण पूरा गर्नुपर्नेमा अहिलेसम्म एक चौथाई पनि काम भएको छैन।

सम्झौता भएको मिति असारमै सकिएको भए पनि पुलको एउटा पिल्लरसमेत निर्माण गरिएको छैन। ठेकेदारको लापरवाहीका कारण पुलनिर्माण कार्य अत्यन्तै सुस्त गतिमा भएको हो।

गुल्मी, पाल्पा र स्याङ्गजाको संगम प्रसिद्ध धार्मिक तिर्थस्थल रिडीमा तीन जिल्लालाई जोड्ने नेपालकै नमूना तीनमुखे पुल भएकाले पुलप्रति धेरैको उत्साह र चासो भए पनि ठेकेदारले यसलाई लापरवाही गरेको छ।

सुरुमा पुल निर्माण हुने कुराले उत्साही भएका स्थानीय अहिले भने निरास भएका छन्। स्थानीय हरि ज्ञवाली भन्छन्,‘ठेकेदरको काम गराई हेर्दा त अब पुल निर्माण हुँदैन कि जस्तो लाग्न थालेको छ।’

अहिले निर्माण भइरहेको एउटा पिल्लरमासमेत ठेकेदारले मापदण्डभन्दा कमसल सामग्री प्रयोग गरेकाले त्यसको कुनै औचित्य नभएको ज्ञवालीले बताए।

तत्कालीन मुख्य सचिव लिलामणी पौडेल र सभासद चन्द्र भण्डारीले २०७१ मंसिर १५ गते पुल शिलान्यास गरेका थिए।

पुल निमार्णको जिम्मा नयाँबाटो–रुविना–मना जेभी कम्पनीले  पाएको थियो। ९ करोड ८८ लाख २६ हजार तीन सय ३२ रूपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो।

ठेकेदार कम्पनीका प्रतिनिधि महेन्द्र अधिकारीले भने नक्सा बनाउने समय धेरै लाग्नुका साथै नाकाबन्दीका कारण निर्माणमा ढिलाई भएको बताए। उनले दशैं तिहारपछि कामले तिव्रता पाउने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell