PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

१३३ स्थानीय तहमा मतगणना जारी, २९८ टोली परिचालन



पहिलोपोस्ट

१३३ स्थानीय तहमा मतगणना जारी, २९८ टोली परिचालन

काठमाडौं : प्रदेश नम्बर २ मा सोमबार भएको निर्वाचनको अहिले राजविराज नगरपालिकाबाहेक १३३ वटा स्थानीय तहमा २९८ टोलीबाट मतगणना भइरहेको छ। 

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट बिहान साढे नौँ बजे प्राप्त विवरणअनुसार सबै स्थानीय तहमा शान्तिपूर्ण ढंगबाट मतगणना भइरहेको छ। 

यसैबीच, रौतहटको गरुडा नगरपालिका–३ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच एक मत फरकको परिणाम आएपछि माओवादी केन्द्रका उम्मेदवारले पुनः मतगणनाका लागि निवेदन दर्ता गराएका छन्। 

यस विषयमा राजनीतिक सहमति कायम भएलगत्तै स्थानीय तहमा मतगणना पुनः सुरु हुने बताइएको छ। 

त्यस्तै, बाराको बारागढी गाउँपालिकामा माओवादी केन्द्रका प्रतिनिधि उपस्थित नभई मतपेटिका खोलिएको भन्ने विषयमा सामान्य विवाद उठेपछि रोकिएको मतगणना राजनीतिक सहमति जुटाएर मतगणना सुरु गर्ने प्रयास भइरहेको सूचना प्राप्त भएको छ। 

राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडा अध्यक्षका उम्मेदवारको निधन भएकाले सो वडामा असोज ५ गते मतदान भएपछि मात्रै मतगणना कार्य सुरु हुने आयोगले जानकारी दिएको छ। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell