PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

तीन उपमहानगरमा एमाले, संघीय समाजवादी फोरम  र राजपाबीच प्रतिस्पर्धा 



पहिलोपोस्ट

तीन उपमहानगरमा एमाले, संघीय समाजवादी फोरम  र राजपाबीच प्रतिस्पर्धा 

काठमाडौंः दुर्इ नम्बर प्रदेशमा रहेका तीन उपमहानगरमा अहिलेसम्मको मतगणनामा नेकपा एमाले, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच प्रतिस्पर्धा देखिएको छ।

जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी अग्रस्थानमा छ। राजपाबाट मेयरका उम्मेद्वार लालकिशोर साहले १ हजार ७४ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै कांग्रेसका मनोज साहले ७ सय ७४ मत प्राप्त गरेका छन्।

त्यस्तै तेस्रो स्थानमा क्रमशः नेकपा एमाले, समाजवादी फोरम र माओवादी केन्द्र रहेका छन्। 

त्यसैगरी बाराको  जितपूर सिमरा उपमहानगरपालिकामा एमालेको अग्रता छ। एमालेका मेयरका उम्मेद्वार डा.कृष्ण पौडेल २५ सय २९ मतसहित अग्रस्थानमा छन् भने माओवादी केन्द्रका उम्मेद्वारले २१सय ६५ मत ल्याएर पौडेललाई पछ्याएका छन्। 

कांग्रेसका कृष्ण बरत सिंह १८ सय ३१ मत ल्याउँदै तेस्रो स्थानमा छन् भने चौंथो स्थानमा समाजवादी फोरम रहेको छ।

त्यस्तै, कलैया उपमहानगरपालिकामा पहिलोमा नेकपा एमाले, दोस्रोमा नेपाली कांग्रेस र माओवादी केन्द्र तेस्रो स्थान छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell