PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

आयोग भन्छ, ‘सुस्त मतगणना दलहरुकै कारण’



आकाश क्षेत्री

आयोग भन्छ, ‘सुस्त मतगणना दलहरुकै कारण’

काठमाडौंः  निर्वाचन आयोगले दुर्इ नम्बर प्रदेशमा भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना दलहरुकै कारण ढिला भएको आरोप लगाएको छ। 

दुर्इ नम्बरका धेरै स्थानीय तहको मतगणना स्थलमा एकै ठाउँमा गणना गर्न लगाएपछि मतगणना ढिला भएको आयोगले जानकारी दिएको छ।

मतगणना सुरु भएको एक दिन वितिसक्दा पनि कुनै स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन। 

आयोगले पाँच दिनभित्र मतगणना सम्पन्न गरी कर्मचारीलार्इ दशैं विदादिने भनेपनि यो गतिले पाँचदिन भित्र गणना सकिने अवस्था देखिएको छैन। 

‘राजनीतिक दलहरुकै कारण मतगणना ढिला भएको हो। हामीले २ सय भन्दा पनि बढी ग्रुपलार्इ मतगणनामा खटाएका छाैं र आवश्यक परे थप्ने तयारी पनि गरेका छौं’ निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले पहिलोपोस्टसँग भने। 

आर्यालले राजनितिक दलका कारण मतगणनामा कुनै पनि अवरोध नगरे आयोगले दिएको समयमा मतगणना सम्पन्न हुनेसमेत बताए। 

प्रदेश नम्बर दुईमा सोमबार निर्वाचन भएका १३६ स्थानीय तहमा  ७७ प्रतिशत मत खसेकाे निर्वाचन आयोगले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell