PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

धुर्मुसको जन्मदिनमा नयाँ एकिकृत बस्ती घोषणा



पहिलोपोस्ट

धुर्मुसको जन्मदिनमा नयाँ एकिकृत बस्ती घोषणा

काठमाडौं: हास्यकलाकार तथा समाजसेवी समेत रहेका सीताराम कट्टेल (धुर्मुस)ले जन्मदिनको उपलक्ष्यमा नयाँ एकिकृत बस्तीको घोषणा गरेका छन्। असोज चार गते उनले रौतहटको सन्तपूरमा बाढीपीडीतको लागि निर्माण हुने बस्तीको धुर्मुस र श्रीमती कुञ्जना घिमिरेले शिलन्यास समेत गरे।

नयाँ नमुना बस्तीको लागत ५ करोड ७५ लाख रहने जानकारी धुर्मुस सुन्तली फाउन्डेशनले दिएको छ। प्रदेश नम्बर २ को होटल व्यावसायी संघ र अन्य स्थानियको सहयोगमा निर्माण हुने बस्ती आउँदो माघसम्ममा निर्माण सम्पन्न हुने योजना रहेको धुर्मुसले बताए। बस्तीमा ४५ घर निर्माण हुनेछन्। बस्ती हस्तान्तरण माघ २४ गते गरिने टार्गेट धुर्मुस सुन्तली फाउन्डेशनले गरेको छ।



यसअघि धुर्मुस सुन्तली फाउन्डेशनले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र महोत्तरीमा तीन एकिकृत बस्ती निर्माण गरिसकेका छन्। नयाँ योजना बारे धुर्मुस भन्छन्,'राम्रो काम गर्न अवसर त चाहिंदैन तर जन्मदिनमा नयाँ बस्ती निर्माण सुरु गर्दा बेग्लै खुशी मिलेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell