PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

वार्षिक प्रतिवेदन १० दिनभित्र तयार गर्न विकास समितिको निर्देशन 



पहिलोपोस्ट

वार्षिक प्रतिवेदन १० दिनभित्र तयार गर्न विकास समितिको निर्देशन 

काठमाडौँ : व्यवस्थापिका–संसद्, विकास समितिको बैठकले समितिको वार्षिक प्रतिवेदन तयार गर्न समितिको सचिवालयलाई निर्देशन दिएको छ । 

समितिको आजको बैठकले १० दिनभित्र प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिएको समितिका सभापति रवीन्द्र अधिकारीले जानकारी दिए। 

प्रतिवेदन तयार गर्न सचिवालयलाई आवश्यक राय, सुझाव दिन समितिका सदस्यलाई आग्रहसमेत गरिएको उनले बताए। 

समितिले आफूले सम्पादन गरेका कामलाई प्रतिवेदनमा समेटी सदनमा सभापतिमार्फत पेश गर्ने परम्परा छ। 

समितिअन्तर्गत सूचना तथा सञ्चार, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय रहेका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell