PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

वीरगंज महानगरमा ४२ सय मत गन्दा राजपाकै अग्रता, कांग्रेस पछ्याउँदै



राधेश्याम पटेल

वीरगंज महानगरमा ४२ सय मत गन्दा राजपाकै अग्रता, कांग्रेस पछ्याउँदै

वीरगंज : वीरगंज महानगरपालिकाको  बुधबार साढे १२ बजेसम्म ४२ सय मत गन्दा राष्ट्रिय जनता पार्टीका मेयर तथा उपमेयर उम्मेदवारले अग्रता कायम राखेका छन्। 

हाल वडा नम्बर १, २, ३, ३०, ३१ र ३२ मा मतगणना भइरहेको छ। नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले मध्यरातमा अग्रता लिए पनि बुधबार बिहानदेखि राजपाले फेरि कांग्रेस उम्मेदवारलाई पछि पारेका हुन्।

४२ सय मत गणना हुँदा राजपाका मेयर उम्मेदवार राजेशमान सिंहको १ हजार २७१ मत रहेको छ। नेपाली कांग्रेसका अजय द्विवेदी १ हजार ६३ मतका साथ पछ्याइरहेका छन्। 

संघीय समाजवादी फोरमका विजय सरावगीको मत ५८२ रहेको छ। उनी अहिले तेस्रो स्थानमा छन्।  

एमालेका उम्मेदवार बसरुद्दिन अन्सारी ४६५ मतका साथ चौथो स्थानमा छन् भने माओवादी केन्द्रका युवा उम्मेदवार रहबर अन्सारीले ४४५ मत ल्याएका छन्।

त्यसैगरी नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवको ३२५ मत रहेको छ।  

प्रदेश २ को एकमात्र महानगर वीरगंजमा कूल १ लाख ८ हजार ५०१ मतदाता रहेकोमा ८४ हजारको हाराहारीमा मत खसेको छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell