PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

नवलपरासीमा ४९४ जना एचआइभी संक्रमित



पहिलोपोस्ट

नवलपरासीमा ४९४ जना एचआइभी संक्रमित

नवलपरासीः नवलपरासीमा हालसम्म ४९४ जनामा एचआइभी संक्रमण देखिएको छ। 

एचआइभी संक्रमितको उपचार र हेरचाहका क्षेत्रमा सन् २००७ बाट जिल्लामा कार्यरत संस्था लुम्बिनी प्लसकाअनुसार सुरुमा ३४ जना संक्रमित फेला परेकोमा सन् २०१७ सम्म आइपुग्दा त्यो संख्या बढेर ४९४ पुगेको छ। 

लुम्बिनी प्लसका प्रतिनिधि दयाराम आचार्यले एचआइभी÷एड्सविरुद्ध जनचेतना जगाउनुपर्ने बताए। उनले भने,‘एआइभी संक्रमित भएकालाई सरकारले निःशुल्क रुपमा एआरटी औषधि वितरण गर्ने गरेको छ, यसले थप संक्रमण हुनबाट जोगाउँछ।’रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell