PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

वीरगंज महानगरमा साइकल अगाडि, नमस्कार पछाडि : ६ वडामा मेयर र उपमेयरले कतिकति मत ल्याए?



राधेश्याम पटेल

वीरगंज महानगरमा साइकल अगाडि, नमस्कार पछाडि : ६ वडामा मेयर र उपमेयरले कतिकति मत ल्याए?

वीरगंज : वीरगंज महानगरमा आज बिहानसम्मको मतपरिमाण हेर्ने हो भने राजपाले कांग्रेसलाई पछि पारेको छ। कांग्रेस दोस्रो स्थानमा, संघीय फोरम तेस्रोमा, माओवादी चौथो, एमाले पाँचौं र लोकतान्त्रिक फोरम छैटौँ स्थानमा रहेका छन्।

३२ वटा वडा रहेको वीरगंज महानगरमा हाल वडा नं १,२,३ ,३०,३१ र ३२ गरी ६ वटा वडामा ३५ सय ९२ मत गनिसक्दा यो नतिजा आएको हो।
राजपाबाट वीरगंजको मेयरको उम्मेदवार राजेशमान सिंहले वडा नं १ बाट १९८ ,२ बाट १०६ ,३ बाट ३२९ ,३०–३१ बाट ४–४ गरी ८, ३२ बाट ५९८ गरी कूल १२३९ मत ल्याई पहिलो स्थानमा छन् भने उपमेयरकी उम्मेदवार रम्भा मिश्रले कूल १३ सय ३ मत ल्याई उपमेयरमा अगाडि छिन्।

मिश्रले वडा नं १ बाट १८१, २ बाट १५६, ३ बाट ३०९, ३० बाट ३,३१ बाट शुन्य र ३२ बाट ६२५ मत ल्याई राजेशमान भन्दा पनि ६४ मत बढी ल्याई मेयर उपमेयरमा सर्वाधिक मत  १३ सय ३ मत पाएकी हुन्।

दोस्रो स्थानमा रहेको काग्रेसबाट मेयरका उम्मेदवार अजय द्विवेदीले कुल ९६६ मत ल्याएका छन् भने उपमेयर उम्मेदवार शान्ति कार्कीले १ हजार ३३ मत ल्याएकी छन्। द्विवेदीले वडा नं १ बाट १८०,२ बाट १०७, ३ बाट ७२, ३० बाट ११५, ३१ बाट ३१७ र ३२ बाट १७५ मत ल्याएका छन्।

उपमेयरकी ८४ वर्षिया शान्तिले १ बाट १८१ ,२ बाट १५६ ,३ बाट ९२ ,३० बाट ११५ ,३१ बाट ३१९ र ३२ बाट १७ मत ल्याएकी छन् ।

फोरमबाट मेयरमा विजय सरावगीले ४७६ मत ल्याएका छन् ।जसमा वडा नं १ को ८१ ,२ को २३४ ,३ को ६२ ,३० को  ६० ,३१ को  ८३ ,३२ को ५६ मत जोडिएको छ ।फोरमकी उपमेयर उम्मेदवार पिकी देवी यादवले जम्मा  ४४३ मत हासिल गरेकी छन् ।पिंकीले वडा नं १ मा ८२ ,२ मा १४६ ,३ मा ४१ ,३० मा ५९ ,३१ मा ६३ र ३२ मा ५२ मत हासिल गरेकी छन् ।

माओवादीका मेयर उम्मेदवार रहबर अन्सारीले कुल ४०९ मत ल्याइ चौथो स्थानमा छन भने उपमेयरकी उम्मेदवार दुर्गा क्षेत्रीले कुल ३३५ मत ल्याई पाचौ स्थानमा छिन्। रहबरले वडा नं १ मा ५३ ,२ मा १५६, ३ मा १८, ३० मा ४५, ३१ मा ८३ ,३२ मा ५६ मत ल्याएका छन्। दुर्गाले वडा नं १ मा ५०, २ मा ९९, ३ मा १०, ३० मा ४७, ३१ मा ८१ र ३२ मा ४८ मत ल्याएकी छन्।

एमालेबाट मेयरका उम्मेदवार बसरुद्दिन अन्सारीले मेयरमा कूल ३२५ मत ल्याई पाँचौं स्थानमा छन् भने उपमेयरकी उम्मेदवार सोफिया आचार्यले कूल ४०६ मत ल्याई चौथो स्थानमा छिन्। अन्सारीले वडा नं १ मा ३०, २ मा ५३, ३ मा १७, ३० मा १४९, ३१ मा ४९ र ३२ मा ४९ मत पाएका छन् भने उपमेयरमा सोफियाले वडा नं १ मा ४२, २ मा ७२, ३ मा ३२, ३०मा १५०, ३१ मा ६६ र ३२मा ४४ मत पाएकी छन्।

फोरम लोकतान्त्रिकबाट मेयरमा लडेका विमल श्रीवास्तवले कुल २९३ मत ल्याई छैठौ स्थानमा छन् भने उपमेयरकी उम्मेदवार रिंकु यादवले कुल २२५ मत ल्याई सोही स्थानमा छिन् ।विमलले वडा नं १ मा ५१ ,२ मा ३१ ,३ मा ६४ ,३० मा ६ ,३१ मा ५४ ,३२ मा ८७ मत पाएका छन् भने रिंकुले वडा नं १ मा ४५ ,२ मा १५ ,३ मा ६१ ,३० मा ५ ,३१ मा ३७ ,३२ मा ६२ मत पाएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell