PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

८८ किलो सुन तस्करीका थप पाँच जना पक्राउ : उनीहरू सेकेण्ड लेयरका तस्कर, प्रहरीको दाबी



सविन ढकाल

८८ किलो सुन तस्करीका थप पाँच जना पक्राउ : उनीहरू सेकेण्ड लेयरका तस्कर, प्रहरीको दाबी

काठमाडौं : प्रहरीले ८८ किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ।

सुन तस्करीमा संलग्न कार्यविनायक सुनचाँदी पसलका मालिक गणेशदत्त बडु, शाक्य सुनचाँदी पसलका मालिक सुगरत्न शाक्य, पशुपति सुनचाँदी पसलका मालिक नन्दकुमार मर्गले, रविश्पायाम ट्रेडर्सका सत्यनारायण अग्रवाल र उल्लास दिनकर सालुखेलाई पक्रिएकाे महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए।

एसएसपी लोहोनीले भने ' उनीहरुले अवैध रुपमा भित्र्याएको सुन खरिद गर्ने देखियो ।' महाशाखाको टोलीले उनीहरुलार्इ सोमवार पक्राउ गरिएको हो। उनीहरुलाई थप अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतमा म्याद थप गरिएको छ।

रसुवा केरुङ नाका हुँदै काठमाडौं भित्र्याएको ८८ किलो सुन केही दिनअघि प्रहरीले काठमाडौंबाट बरामद गरेका थिए। यसअघि प्रहरीले सुन तस्करीमा सहयोग गरेको भन्दै  महाशाखाले तीन जना सवारी चालकलाई पक्राउ गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell