PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

'फाटेको जुत्ता'को आइटम नम्बर सार्वजनिक



पहिलोपोस्ट

'फाटेको जुत्ता'को आइटम नम्बर सार्वजनिक

काठमाडौं: फिल्म 'फाटेको जुत्ता'को दोस्रो गीत सार्वजनिक भएको छ। यसअघि फिल्मको पहिलो गीत 'भेरी सरी' सार्वजनिक भएको थियो। 'चोली' बोलको नयाँ आइटम नम्बर भिडियो युट्युबमार्फत रिलिज गरिएको हो।

डिपी खनालको शब्द रहेको गीतमा मीना निरौला र शंकर थापाको स्वर रहेको छ। गीतमा गायक शंकरले नै संगीत दिएका छन्। गीतको भिडियोमा मुख्य दुई कलाकार सौगात मल्ल र प्रियङ्का कार्कीको फिचरिङ रहेको छ। विरगंजमा छायाँकन गरिएको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन्। निरज महर्जनको कथालाई निकेश खड्काले निर्देशन गरेका हुन्।

फिल्ममा सौगात मल्ल र प्रियङ्का कार्कीसँगै बुद्धि तामाङ, कामेश्वर चौरासिया, आमिर गौतम, रवीन्द्र झा, रमेश रन्जन, सन्दीप क्षेत्री लगायतको मुख्य अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell