PahiloPost

Jun 6, 2026 | २३ जेठ २०८३

वीरगंज महानगरमा राजपाको अग्रता कायम, कांग्रेस दोस्रो स्थानमा



राधेश्याम पटेल

वीरगंज महानगरमा राजपाको अग्रता कायम, कांग्रेस दोस्रो स्थानमा

वीरगंज : वीरगंज महानगरपालिकाको बुधबार दिउँसो ३ बजेसम्म राष्ट्रिय जनता पार्टीका मेयर तथा उपमेयर उम्मेदवारले अग्रता कायम राखेका छन्। 

हाल वडा नम्बर १, २, ३, ३०, ३१ र ३२ मा मतगणना भइरहेको छ। नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले गएराति अग्रता लिए पनि बुधबार बिहानदेखि राजपाले कांग्रेस उम्मेदवारलाई पछि पारेका हुन्। यो अग्रता दिउँसोसम्म कायमै छ। 

राजपाका मेयर उम्मेदवार राजेशमान सिंहको १ हजार ६८३ मत रहेको छ। नेपाली कांग्रेसका अजय द्विवेदी १ हजार ४७५ मतका साथ पछ्याइरहेका छन्। 

संघीय समाजवादी फोरमका विजय सरावगीको मत ७९० रहेको छ। उनी अहिले तेस्रो स्थानमा छन्।  

चौथोमा माओवादी केन्द्रका युवा उम्मेदवार रहबर अन्सारी ६२६ मतका साथ छन् भने एमालेका उम्मेदवार बसरुद्दिन अन्सारी ५५७ मतका साथ पाँचौँ स्थानमा छन्।   

नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार विमल श्रीवास्तवको ४ सय ३३ मत रहेको छ। 

प्रदेश २ को एकमात्र महानगर वीरगंजमा कूल १ लाख ८ हजार ५०१ मतदाता रहेकोमा ८४ हजारको हाराहारीमा मत खसेको छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell