PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

नेपाल वायुसेवा निगमको पोखरा कार्यालयमा सकेट बम



पहिलोपोस्ट

नेपाल वायुसेवा निगमको पोखरा कार्यालयमा सकेट बम

पोखरा : पोखराको मुस्ताङचोक स्थित नेपाल वायुसेवा निगमको कार्यालय कम्पाउण्डभित्र फेला परेको सकेट बम नेपाली सेनाले बुधवार बिहान डिस्पोज गरेको छ।  

कार्यालय कम्पाउण्डभित्र बिहान सकेट बम देखेपछि निगमका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। पोखरा विमानस्थलमा रहेको नेपाली सेना कालिभञ्ज्याङ गणवाट खटिएको सेनाको प्राविधिक टोलीले उक्त बम डिस्पोज गरेको हो।

समयमै सकेट बम देखेर सेनालाई खबर गरेका कारण कुनै क्षति हुन पाएन्। उक्त घट्नास्थल पोखरा जिमानस्थलको मुलबाट ५० मिटर उत्तर पर्छ। पोखरा विमानस्थलमा सेनाले नियमित परिचालित हुनेगर्छ।
 
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले घटनाको बारेमा अनुसन्धान सुरु गरिएको वताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell