PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

वर्षाले जमिन भासिंदा तेह्रथुमको जिरिखिम्तीमा एक घर क्षतिग्रस्त



पहिलोपोस्ट

तेह्रथुम : मंगलबार राति परेको अविरल वर्षापछि जमिन भासिँदा तेह्रथुमको जिरिखिम्ती बजारमा एक घर क्षतिग्रस्त बनेको छ। 

म्याङलुङ्ग नगरपालिका–९ स्थित जिरिखिम्तीका लोकबहादुर अधिकारीको चार तले घर भत्किँदा ४२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

घर भत्किंदा घरमा भएका सामान जस्तापाता, सुनचाँदी, भण्डारण गरेको अलैँचीलगायत पुरिँदा सो बराबरको क्षति भएको हो। घर भत्किए पनि मानवीय क्षति भने हुन पाएन। घर भत्किँदा अधिकारीको आठजनाको परिवार विचल्लीमा परेको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell