PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

वीरगंज- ३२ नम्बर वडाको मतगणना रोकियो



पहिलोपोस्ट

वीरगंज- ३२ नम्बर वडाको मतगणना रोकियो

वीरगंजः  वीरगंज महानगरपालिका वडा नम्बर(३२ को मतगणना रोकिएको छ। मतगणनाका क्रममा मतपेटिकाभित्र ७ वटा मतपत्र अधकट्टी सहित भेटिएपछि माओवादी केन्द्रले त्यसमा प्रश्न उठाएको थियो। 

राजनीतिक दलहरुले त्यसलाई प्राविधिक त्रुटी मानेर गणना अघि बढाउने प्रस्ताव गरेपनि माओवादी केन्द्रले त्यसलाई रद्द गर्न माग गरेको थियो। 

सबै दल एकातिर माओवादी केन्द्र अर्कोतिर भएपछि माओवादी केन्द्रका कार्यकर्ताले गणनास्थल घेरा हालेर नारावाजी गरेका थिए। नाराबाजी सुरु भएपछि मतगणना प्रभावित भएको छ। 

निर्वाचन अधिकृत राजनीतिक दलका प्रतिनिधिबीच छलफल जारी छ।    
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell