
काठमाडौंः राष्ट्रिय जनता पार्टीले धनुषाबाट विजयी सुरुवात गरेको छ। धुनुषाको हंशपुर नगरपालिकाबाट राजपाले विजयी सुरुवात गरेको हो।
हंशपुर नगरपालिकामा प्रमुख र उपप्रमुखमा दुबै पद राजपाले जित हासिल गरेको हो। प्रदेश नम्बर दुईका स्थानीय तहमा यो पहिलो जित हो।
हंशपुर नगरपालिकाको प्रमुखमा राजपाका उम्मेदवार रामज्ञान मण्डल ३ हजार ३२० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप यादवले ३ हजार २ सय २९ मत पाएका छन्।
उपप्रमुखमा पनि राजपाकी उम्मेदवार रेणु झा विजयी भएकी छन्। उनले ३ हजार २ सय ७६ मत ल्याएकी छन्। प्रदेश नम्बर(२मा पहिलो विजयको खुसी राजपाले समेट्न पाएको छ।