PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

चिकित्सकबाट क्षतिपूर्ति भराउने निर्णयविरुद्ध चिकित्सक संघ आन्दोलितः ६ गतेदेखि अस्पताल ठप्प पार्ने घोषणा



पहिलोपोस्ट

चिकित्सकबाट क्षतिपूर्ति भराउने निर्णयविरुद्ध चिकित्सक संघ आन्दोलितः ६ गतेदेखि अस्पताल ठप्प पार्ने घोषणा

काठमाडौंः नेपाल चिकित्सक संघले कसैको उपचारमा लापरवाही भएमा त्यसवापत सम्बन्धित चिकित्सकले नै पीडितलाई क्षतिपूर्ति भराउने गरी सरकारले कानुन निर्माण गर्न लागेको भन्दै विरोधका कार्यक्रम घोषणा गरेको छ।

संघको आज बसेको बैठकले निर्णय तत्काल फिर्ता लिन माग गरेको हो। बैठकले सरकारको निर्णयकाविरुद्ध असोज ६ गतेदेखि देशभरका सम्पूर्ण अस्पताल र स्वास्थ्य संस्थाका आकस्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ।

बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि ऐन २०६६ र नियमावली २०६९ लाई आवश्यक परिमार्जन गर्न स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हातपात गर्ने व्यक्ति वा समूहलाई विना धरौटी जेलचलानको प्रावधानको उक्त ऐन तथा नियमावलीमा थप गर्न माग गरेको छ। 

त्यस्तै बैठकले संघसँग यसअघि भएका सम्झौताहरुको अक्षरस कार्यान्वयन गर्न माग गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell