नवलपरासीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सबै मिलेर देश विकासमा जुट्नुपर्ने बताएका छन्।
एमाले गैँडाकोट नगर कमिटिले बुधबार गैँडाकोटमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै मिलेर देशको आर्थिक समृद्धिका लागि उत्पादनमूलक अभियानमा जुट्नुपर्ने बताए।
अध्यक्ष ओलीले प्रदेश र केन्द्रमा समेत आफ्नो पार्टी पहिलो हुने दाबी गर्दै देश बनाउने जिम्मा एमालेको भएको बताए।रासस