PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

कार्यकर्तालाई कमल थापाको आग्रहः विचलित नहुनुस् राजसंंस्थाको पक्षमा पार्टीको अडान यथावत छ



पहिलोपोस्ट

कार्यकर्तालाई कमल थापाको आग्रहः विचलित नहुनुस् राजसंंस्थाको पक्षमा पार्टीको अडान यथावत छ

हेटौँडाः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दलहरुले निर्वाचनका बेला गरेका आचारसंहिता उल्लंघनबाट मुलुकमा संकट निम्तिने आशंका व्यक्त गरेका छन्। 

वडादशैँका अवसरमा राप्रपा मकवानपुरद्वारा बुधबार हेटौँडामा आयोजित कार्यक्रममा अध्यक्ष थापाले हिन्दू धर्मको पुनःस्थापना र संवैधानिक राजसंस्थासहित प्रजातन्त्रका पक्षमा आफ्नो पार्टीको अडान यथावत रहेको बताउँदै त्यसबाट विचलित नहुन पार्टीका कार्यकर्तालाई आग्रह गरे। 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य दीपकबहादुर सिंह, मधु अधिकारी र सांसद गणेश थापाले संविधान कार्यान्वयनका लागि निर्धारित समयमै केन्द्रीय संसद् र प्रदेशको निर्वाचन सम्पन्न गराउन सरकार र निर्वाचन आयोगसँग आग्रह गरे।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell