वीरगंजः वीरगंज महानगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारले अग्रता कायमै राखेका छन्।
मेयरमा राजपाका उम्मेदवारको २०१४, उपमेयरका उम्मेदवार १९५४ मतका साथ अग्रस्थानमा छन्। उनीहरुलाई नेपाली कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन्।
मेयरका कांग्रेस उम्मेदवारको १७८९ र उपमेयरले १८८९ मत प्राप्त गरेका छन् । मेयरमा फोरम नेपालका उम्मेदवारको ९४७ र उपमेयरको १०३० मत छ ।
नेकपा माओवादीका केन्द्रका मेयरका उम्मेदवारले ७११ र उपमेयरका उम्मेदवारले ५८५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका मेयरका उम्मेदवारको ६११ र उपमेयरका उम्मेदवारले ७०० मत प्राप्त गरेका निर्वाचन अधिकृतले जानकारी दिएका छन्।