PahiloPost

May 29, 2025 | १६ जेठ २०८२

वीरगंज महानगरमा एमालेले खाता खोल्यो, कांग्रेसलाई १० मतले पछि पार्दै ३० वडामा अन्सारी विजयी



राधेश्याम पटेल

वीरगंज महानगरमा एमालेले खाता खोल्यो, कांग्रेसलाई १० मतले पछि पार्दै ३० वडामा अन्सारी विजयी

वीरगंज : प्रदेश २ को एकमात्र महानगर वीरगंजमा बुधबार राति एमालेले खाता खोलेको छ। वडा नम्बर ३० मा वडाध्यक्षसहित एमालेको प्यानलै विजयी भएको हो। एमालेका अमानत अन्सारी अध्यक्षमा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गरेको छ। 

यसअघि निर्वाचन अधिकृतले घोषणा गर्नुअघि नेपाली कांग्रेसबाट वडा अध्यक्षमा अलि हुसैन देवान ४५० मत ल्याई विजयी भएको भनिएको थियो। घोषणा हुनुअघि दलहरुबीच विवाद भएको थियो। 

अन्ततः एमालेका अन्सारी ४६६ मतका साथ विजयी घोषित भए भने नेपाली कांग्रेसका अलि हुसेन देवानको मत ४५५ रहेको घोषणा भएको छ। 

फोरम नेपालका वडा अध्यक्षका अर्का प्रत्याशी ब्रहमदेव यादव ३२५ मत ल्याइ तेस्रो स्थानमा रहेका छन्।

यो वडामा कूल मतदाता २ हजार ३२ रहेकोमा  १ हजार ७२४ मत खसेको थियो। वडा नम्बर ३० लालपर्सामा पर्छ।  महानगर बनाउँदा यसलाई वीरगंजमा गाभिएको थियो। 

(*यसअघिको समाचारमा आधिकारिक रुपमा घोषणा हुनुअघि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको उल्लेख भएकोमा सच्याइएको छ)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell