PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

वीरगंज महानगरको पहिलो परिणाम एमालेको पक्षमा, वडा ३० मा एमाले प्यानलहित विजयी



राधेश्याम पटेल

वीरगंज महानगरको पहिलो परिणाम एमालेको पक्षमा, वडा ३० मा एमाले प्यानलहित विजयी

वीरगंज : प्रदेश २ को एकमात्र महानगर वीरगंजको पहिलो परिणाम बुधबार राति आएको छ। वडा नम्बर ३० मा वडाध्यक्षसहित एमालेको प्यानलै विजयी भएको हो। एमालेका अमानत अन्सारी अध्यक्षमा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गरेको छ। 

यसअघि निर्वाचन अधिकृतले घोषणा गर्नुअघि नेपाली कांग्रेसबाट वडा अध्यक्षमा अलि हुसैन देवान ४५० मत ल्याई विजयी भएको भनिएको थियो। घोषणा हुनुअघि दलहरुबीच विवाद भएको थियो। 

अन्ततः एमालेका अन्सारी ४६६ मतका साथ विजयी घोषित भए भने नेपाली कांग्रेसका अलि हुसेन देवानको मत ४५५ रहेको घोषणा भएको छ। 

फोरम नेपालका वडा अध्यक्षका अर्का प्रत्याशी ब्रहमदेव यादव ३२५ मत ल्याइ तेस्रो स्थानमा रहेका छन्।

महिला सदस्यमा जमिला खातुन ४७० मतले विजयी भएकी छन् भने दलित महिला सदस्यमा विदावती देवी ४७८ मतले विजयी भएकी हुन्। 
पुरुष सदस्यमा रामबाबु प्रसाद ४७७ मत र समशुल्लाह अन्सारी ४५८ मतले विजयी भएका छन्। सबै एमालेका उम्मेदवार हुन्। 

यो वडामा कूल मतदाता २ हजार ३२ रहेकोमा  १ हजार ७२४ मत खसेको थियो। वडा नम्बर ३० लालपर्सामा पर्छ।  महानगर बनाउँदा यसलाई वीरगंजमा गाभिएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell