A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69957b10e6a8b2.04531199): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69957b10e6a8b2.04531199,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69957b10e6e5b7.13348450): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69957b10e6e5b7.13348450,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

स्कुलको अभिभावक दिवसमा राष्ट्रपति सवारी, सुरक्षाका कारण अभिभावक बाेलार्इएन
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

स्कुलको अभिभावक दिवसमा राष्ट्रपति सवारी, सुरक्षाका कारण अभिभावक बाेलार्इएन

स्कुलको अभिभावक दिवसमा राष्ट्रपति सवारी, सुरक्षाका कारण अभिभावक बाेलार्इएन

आकाश क्षेत्री/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको बुधबार अपराह्न एउटा औपचारिक कार्यक्रममा सहभागी भए - श्री गणेश माध्यामिक विद्यालयको अभिभावक दिवस। 

अचम्म नमान्नुस्, स्कुलले आफ्नो ५७ औँ वार्षिकोत्सव र अभिभावक दिवस समारोहमा प्रमुख अतिथिको लागि राष्ट्रपति भण्डारीलार्इ निम्ता गरियो जसलाई स्वीकारेर उपस्थित पनि भइन्। 

अनौठो त के रह्यो भने अभिभावक दिवसमा अभिभावककै थिएन। 

किन?

विद्यालयका प्रधानध्यापक मिमकाजी श्रेष्ठले राष्ट्रपतिको सुरक्षाका कारण अभिभावक तथा विद्यार्थीलार्इ नबोएको बताए।

बूढानिलकण्ठको चपलीमा रहेको विद्यालय प्राङ्गणमा एक बजेदेखि नै पाहुनाको चहलपहल हुन थाल्यो तर  सुरक्षाकर्मीले भने बिहानैदेखि विद्यालयलार्इ आफ्नो घेरामा राखेका थिए। अनुमति बिना कसैलार्इ प्राङ्गणमा छिर्न दिइएन। कार्यक्रम स्थलमा तालिमप्राप्त कुकुरबाट जाँच गरियो।   

मिडियालार्इ समाचार संकलनका लागि अपराह्न तीन बजे निमन्त्रणा गरिएको थियो। त्यहीअनुसार कार्यक्रम स्थल पुग्दा मुसलधारे झरी वर्षिरहेको थियो। राष्ट्रपतिको स्वागतका लागि सडकमै बिछ्याइएको रातो कार्पेट हिलाम्य भइसकेको थियो। 

'विद्यालयको ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह' अतिथिलार्इ राखिने स्टेजको माथितिर झुन्ड्याइएको एउटा ब्यानरमा ठूला अक्षरले लेखिएको थियो।     

विद्यालयको वार्षिकोत्सव समारोहमा विद्यार्थी कहाँ छन् त? 

विद्यार्थीहरु नदेखिएका कारण राष्ट्रपतिलाई स्वागतका लागि स्वयंसेवकमा खटिएका विद्यार्थी प्रदीपलार्इ सोध्दा उनले भने, 'अभिभावक र विद्यार्थीहरुको कार्यकम हिजो भइसक्यो। आज गगन थापालार्इ सम्मान गर्ने प्रोग्राम मात्र हो रे, त्यसैले विद्यार्थी र अभिभावक नबोलाएको।'   

अभिभावक र विद्यार्थीको ठाउँमा विभिन्न राजनीतिक नेता तथा नगरपालिका प्रमुख-उपप्रमुख र प्रमुख जिल्ला शिक्षा अधिकारी लगाएका विशिष्ट व्यक्तिको उपस्थिति थियो। 

५० जनाजति स्वयंसेवक विद्यार्थी भने राखिएको थियो। प्रदीपका अनुसार विद्यालयमा जम्मा १४ सयको हाराहरीमा विद्यार्थी अध्ययनरत छन्। 
 


ट्रेन्डिङ पोस्ट

Ncell