PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

ठोरी गाउँपालिका ५ मा एमालेको प्यानलै विजयी



पहिलोपोस्ट

ठोरी गाउँपालिका ५ मा एमालेको प्यानलै विजयी

ठोरी : पर्साको ठोरी गाउँपालिका ५ मा एमालेको प्यानल विजयी भएको छ। वडा अध्यक्षमा एमालेका रामबहादुर पाख्रिनको प्यानल विजयी भएको हो। पाख्रिनले ५६४ मत ल्याएका छन्।

पाख्रिनको जितसँगै ठोरी गाउँपालिकाको ५ वडामा माओवादीले ३ तथा कांग्रेस र एमालेले १/१ वडाध्यक्ष जितेका छन्।

पाख्रिनले माओवादीका अष्टबहादुर लोप्चनलाई १०८ मतले पराजित गरेका हुन्। लोप्चनले ४५६ मत ल्याएका छन्।

एमालेका तर्फबाट महिला सदस्यमा सीतादेवी खड्का ४११, दलित महिला सदस्य गीतादेवी सार्की ४०९, खुल्ला सदस्य देवबहादुर बस्नेत ४२७ र वीरबहादुर लोप्चन ४१८ मत ल्याई विजयी भएका हुन्। ठोरी ५ मा एक हजार ३८८ मत खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell