PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

वीरगञ्ज महानगरमा कांग्रेस र राजपाबीच रोचक प्रतिस्पर्धा, मेयरमा ७ मतको अन्तर



राधेश्याम पटेल

वीरगञ्ज महानगरमा कांग्रेस र राजपाबीच रोचक प्रतिस्पर्धा, मेयरमा ७ मतको अन्तर

वीरगञ्ज : तेस्रो चरणको स्थानीय तह निर्वाचनको जारी मतगणनामा वीरगन्ज महानगरलालिकामा कांग्रेस र राजपाबीच तिव्र प्रतिस्पर्धा भएको छ। सुरुवातदेखि अग्रता लिएको राजपालाई मंगलबार मध्यरातमा कांग्रेसले पछि पार्‌‍यो। तर, बुधबार बिहानदेखि फेरि राजपाले अग्रता लियो। 

बिहीबार बिहान ९ः३० बजेसम्म प्रतिस्पर्धा थप रोचक बनेको छ। मेयरमा राजपाका उम्मेदवार राजेशमान सिंह कांग्रेस उम्मेदवार अजय द्धिवेदीभन्दा ७ मतले मात्र अघि छन्। सिंहले  दुई हजार ४०९ मत पाएका छन्। यसैगरी द्धिवेदीले दुई हजार ४०२ मतका साथ सिंहलाई पछ्याइरहेका छन्। 

यस्तै, संघीय समाजवादी फोरमका विजय सरावगीले एक हजार ६४६ मत साथ तेस्रो स्थानमा छन्। माओवादी केन्द्रका रहबर अन्सारी एक हजार ३७० मतसहित चौँथो र एमालेका बसरुद्धिन अन्सारी एक हजार २३३ मतसहित पाँचौ स्थानमा छन्। 

लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले ७१५ मत पाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell