PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

इजरायलले मेक्सिकोमा भूकम्प पीडितको उद्धारमा ७० जनाकाे टोली पठायो



पहिलोपोस्ट

इजरायलले मेक्सिकोमा भूकम्प पीडितको उद्धारमा ७० जनाकाे टोली पठायो
फोटो श्रोतः timesofisrael.com

जेरुसेलमः मेक्सिकोमा मंगलबार राति गएको शक्तिशाली भूकम्पको उद्धार र खोजी कार्यका लागि इजरायलले सैनिक र इन्जिनियर गरी ७० जनाको एक टोली मेक्सिको पठाएको छ। 

स्थानीय समयअनुसार बुधबार अपरान्ह ३ बजे इजरायलबाट प्रस्थान गरेका ती सैनिकहरू १८ घण्टापछि मेक्सिको पुग्ने इजरायली सैनिक प्रवक्ताले जानकारी दिएका छन्। टोलीमा २५ जना इन्जिनियर रहेका जनाइएको छ। 

मेक्सिकोमा गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी २ सयभन्दा बढीको मृत्यु भएको छ। यसबाट ठूलो जनधनको क्षतिको अनुमान गरिएको र उद्वारकार्य जारी रहेको जनाइएको छ। 

भूकम्पपछि कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ। 

यसअघि दुई हप्ता अघि पनि मेक्सिकोमा योभन्दा झनै शक्तिशाली भूकम्प गएको थियो। मेक्सिकोमै सेप्टेम्बर ७ मा ८.१ म्याग्निच्युडको भूकम्पमा परी ९० जनाको ज्यान गएको थियो। 

मेक्सिकोमा यस शताब्दीकै यी दुई वटा सबैभन्दा ठूला भूकम्प हुन्। मेक्सिकोलाई दुई हप्ताभित्रै यसरी शक्तिशाली भूकम्पले क्षति पुर्याएको भन्दै यहाँका सरकारी अधिरकारीहरूले धैर्यधारण गर्न सबै नागरिकमा आह्वान गरेका छन्। रासस/एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell