PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सुरक्षा कारवाहीमा अफगानिस्तानमा ६१ जना तालिवान लडाकूको मृत्यु



पहिलोपोस्ट

सुरक्षा कारवाहीमा अफगानिस्तानमा ६१ जना तालिवान लडाकूको मृत्यु

काबुलः अफगानिस्तानका विभिन्न ठाउँमा सरकारी सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीमा कम्तीमा ६१ जनाभन्दा बढीको मृत्यु भएको छ। 

मारिएका मध्ये आठ जना स्थानीय लडाकू कमाण्डर छन् भने अरू ५२ जना घाइते भएका छन्। 

२४ घण्टाको अवधिमा सुरक्षाकर्मीहरूले पटक पटक गरी देशभरका विभिन्न ठाउँमा सुरक्षा कारबाही चलाएको रक्षा मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘राष्ट्रिय सुरक्षा निकायहरूले १४ वटा सफाई कारबाही र १४ प्रान्तमा दश वटा विशेष सुरक्षा कारबाही चलाएका थिए। ती कारबाहीहरूमा परी ६१ जना मारिएका छन्।’

मारिनेमध्ये आठ जना तालिवान कमाण्डर, १२ जना हक्वानी नेटवर्क र ९ जना इस्लामिक स्टेट (आईएस)का लडाकू रहेका विज्ञप्तिमा जनाइएको छ। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell