PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

कतारी राजाले भने कतारमाथिकाे नाकाबन्दी कपटपूर्ण



पहिलोपोस्ट

कतारी राजाले भने कतारमाथिकाे नाकाबन्दी कपटपूर्ण

दोहा : कतारका राजा सेख तमिम बिन हमाद अल थानीले कतारमा भइरहेको कुटनीतिक संकट समाधानका लागि विश्वसमुदायको ध्यानाकर्षण गराए।

संयुक्त राष्ट्रसंघको ७२औँ महासभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कतारी राजा अल थानीले साउदी अरबको नेतृत्वमा भइरहेको नाकाबन्दी शान्तिपूर्ण रूपमा अन्त्य गर्न आह्वान गरेका हुन्। “कुनै पूर्व जानकारी र चेतावनी विना कतारमाथी लगाएको नाकाबन्दी एक प्रकारको कपटपूर्ण व्यवहार हो,” अल थानीले भने।
 
उनले हरेक राज्यको सार्वभौमसत्ताको सम्मान गरेर कलह अन्त्य गर्न आग्रह गर्दै वार्ताको माध्यमबाट समान हैसियत कायम गर्न पनि सबैको ध्यानाकर्षण गराए। गत जुन ५ देखि साउदी अरबको नेतृत्वमा कतारका छिमेकी देशहरू बहराइन, इजिप्ट र यूएईले कतारलाई कूटनीतिक रूपमा एक्लाउने भन्दै नाकाबन्दी गरेका छन्। 
 
उनीहरूले आफ्नो आकाशमा कतार एरवेजलाई उड्न पनि दिएका छैनन् भने कूटनीतिक सम्बन्ध एकपक्षीय रूपमा तोडेको बताएका छन्। कतारले आतंकवादीहरूलाई सहयोग र समर्थन गरेको आरोप लगाए पनि कतारले त्यसलाई अस्वीकार गर्दै आइरहेको छ। 
 
“हतारले आफै आतंकवादसँग लडिरहेको छ, अन्तर्राष्ट्रिय समुदायले पनि यसलाई महसुस गरेकै छ, आगामी दिनमा पनि आतंकवादविरुद्ध लडिनै रहने छ,” कतारी राजा अल थानीले भने। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेर आफ्नो देशको समस्याको अवगत गराउनुका साथै समस्या समाधानका लागि अमेरिकाले मध्यस्थता गरिदिनु पर्ने आग्रह गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell