
बङ्गलादेशः म्यानमारबाट विस्थापित भएर बङ्गलादेशमा शरणार्थीका रुपमा बसेका रोहिङ्गालाई सहायता पुर्याउन गएको रेडक्रसको ट्रक दुर्घटनामा परेको छ।
ट्रक बङ्गलादशेको कोक्स बजार नजिकैको एक सानो नगरमा दुर्घटनामा परेको हो। दुर्घटनामा कम्तीमा नौ जना सहायताकर्मीको ज्यान गएको छ।
प्रहरीले रेडक्रसको ट्रक दुर्घटनामा नौ जनाको ज्यान गएको र अरु केही घाइते भएका छन्।
त्यस ट्रकमा सबैजना मजदुरहरु थिए। उनीहरु ती शरणार्थीलाई खाद्यान्न लगायतका सामाग्री बितरणका लागि त्यहाँ जान लागेका थिए।
म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदीको किनार र केही पर उनीहरु बस्दै आएका छन्। उनीहरुलाई खाद्यान्न तथा आधारभूत वस्तुहरुको पनि खाँचो रहेको बताइएको छ।
उक्त क्षेत्रमा रेडक्रस र अन्य विदेशी सहायता संस्थाहरुले उनीहरुलाई खाद्यान्न, पानी, औषधि एवम् लत्ताकपडा पुर्याइरहेका छन्।
म्यानमारमा त्यहाँको सेनाले उनीहरुमाथि कारबाही गरेपछि रोहिङ्गा मुस्लिम समुदायका नागरिक देश छोडेर बङ्गलादेश पुगेका हुन्। रासस/एएफपी