PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

का‌ंग्रेस र राजपा कार्यकर्ता बीच झडप : एक जनाकाे मृत्यु



पहिलोपोस्ट

का‌ंग्रेस र राजपा कार्यकर्ता बीच झडप : एक जनाकाे मृत्यु

रौतहट : बुधबार राति ९ बजे जिल्लाको कटहरिया नगरपालिका वडा नं. ८ वलुवा टोलमा कांग्रेस र राजपा कार्यकर्ता बीच झडप भएको छ।

झडपमा कांग्रेसका कार्यकर्ताले राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका स्थानीय नेता ५० वर्षीय श्री रामपुकार यादवलाई कुटेर गरेको हत्या गरेको आरोप राजपा नेपालले आज विज्ञप्ति जारी गरी गरेको छ।  

महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा घटनालाई कायरतापूर्ण र निन्दनीय भन्दै  भत्सर्ना गरिएकाे छ। तत्काल छानविन गरी दोषी पत्ता लगाई कडा कारबाहीसहित मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग विज्ञप्तिमा गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell