PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

प्रदेश नम्बर २ को पहिलो महिला मेयर रिनाकुमारी साह



पहिलोपोस्ट

प्रदेश नम्बर २ को पहिलो महिला मेयर रिनाकुमारी साह



काठमाडौं : प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पहिलो महिला मेयरमा रौतहटको मौलापुर नगरपालिकाबाट नेकपा माअाेवादी केन्द्रकी रिनाकुमारी साह (कविता) विजयी भएकी छन्।

साह ३९३३ मत प्राप्त गरी मेयरमा विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका रविन्द्र पटेलले २१०० मत पाए।

त्यसैगरी, उपमेयरमा माओवादी केन्द्रकै गौरिशंकरप्रसाद जयसवाल विजयी भएका छन्। जयसवाल ३८९६ मत प्राप्त गरी विजयी भए भने प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका उम्मेदवारले १६५० मत प्राप्त गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell