PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

नागढुंगाबाट २८ वटा मरेका खसीबोका बरामद



पहिलोपोस्ट

काठमाडौँः महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ। 

प्रभागबाट खटिएको टोलीले आज बिहान जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको बेला मरेका खसीबोका फेला पारेको हो। प्रभागले मरेका खसीबोकासहित सवारी चालक युवराज पोखरेल, सहचालक दिपेश ढुंगाना र राजु बगालेलाई नियन्त्रणमा लिएको छ। 

प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले ४१ वटा खसीबोका ल्याउँदै गरेकामा २८ वटा मरेको फेला पारेको जानकारी दिए। 

दशैँ सुरु भएसँगै पशुपक्षी विकास मन्त्रालयलेसमेत अनुगमन बढाएको छ । पशुपक्षी विकासमन्त्री सन्तकुमार थारु र राज्यमन्त्री गोमा कुँवरसहितको टोलीले आज कलंकीस्थित खसीबजारको निरीक्षण गरेका छन्। 

खसीबोका अवलोकनपछि मन्त्री थारुले स्वस्थ्य र अस्वस्थ्य खसीको वर्गीकरण गरी दशैँ, तिहार तथा छठपर्वमा बिक्री वितरण गर्न बिक्रेतालाई निर्देशन दिएका थिए। 

पशुपक्षी ऐन २०५५ र नियमावली २०५६ अनुसार मरेका खसीबोका ओसारपसार तथा बिक्री वितरण गरे प्रतिखसीबोका ५०० देखि ५००० जरिवाना गर्ने व्यवस्था छ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell