PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

स्ववियू सभापतिको कोठामा तोडफोड र आगजनी



पहिलोपोस्ट

स्ववियू सभापतिको कोठामा तोडफोड र आगजनी

पोखराः  पोखराको लामाचौरस्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका स्ववियू सभापति इन्द्र पौडेलको कोठामा तोडफोड र आगजनी गरिएको छ। 

क्याम्पसको छात्रवासमा बस्दै आएका पौडेल, बुधबार बेलुका साथीको कोठामा बस्न गएको मौका छोपेर आगजनी गरिएको बताइएको छ। आगजनीका कारण कोठामा भएका सम्पूर्ण सामाग्री जलेर नष्ट भएका छन्।

सुरक्षाकर्मीमाथि हातपात गरी क्याम्पस भित्र पसेर नेविसंघका विद्यार्थीले आगजनी गरेका आरोप स्ववियू निकटस्थहरुले लगाएका छन्। क्याम्पसको स्ववियू निर्वाचनमा एमाले निकट अखिलको इन्द्र पौडेलको नेतृत्वमा जितेको थियो। 

नेविसंघ र अखिल क्रान्तिकारीले स्ववियू सभापतिको क्रियाकलापविरुद्ध यसअघि पनि पटक पटक विज्ञप्ती जारी गर्दै आएका थिए।
तर क्याम्पस प्रशासनले भने घटना सामान्य भएको बताएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell