काठमाडौँ: निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन पर्यवेक्षण अनुमति लिन चाहने संस्थाका लागि आवेदन माग गरेको छ।
आयोगले यसअघि पहिलो पटक आयोगले साउन ६ गते आवेदन माग गरेको थियो। शुक्रबार पुनः दोस्रो पटक सूचना प्रकाशित गरी पर्यवेक्षक आह्वान गरेको हो।
निर्वचन अनुगमन गर्न चाहने व्यक्ति तथा संस्थाले सूचना प्रकाशन भएको १५ दिनभित्र अनुमति लिनुपर्ने निर्वाचन आयोगले जनाउको छ।
आवेदकले संस्थाको हकमा दर्ता प्रतिलिपि पेश गर्नुपर्नेछ। यस्तै, संस्थाको विधानको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ। संस्था नवीकरण र लेखा परीक्षण प्रतिवेदन पनि पेश गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ।
यसअघि कुनै पनि निर्वाचनको पर्यवेक्षण गरी प्रतिवेदन नबुझाएका संस्थाले भने निर्वाचन पर्यवेक्षणको अनुमति पाउने छैनन्।