वीरगञ्ज : तेस्रो चरणको स्थानीय तह निर्वाचनमा एक मात्र महानगर वीरगञ्जको जारी मतगणनामा कांग्रेस र राजपाबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ।
शुकबार बिहान ९ बजेसम्मको मतगणना अनुसार नेपाली कांग्रेस झिनो मतान्तरले राष्ट्रिय जनता पार्टीभन्दा अगाडि रहेको छ।
मेयर पदमा नेपाली कांग्रेसका उम्मेद्वार अजय द्विवेदीले ३ हजार ९ सय ६० मत प्राप्त गरेका छन् भने राजपाका उम्मेदवार राजेशमान सिंहले ४० मतले पछि पर्दै ३ हजार ९ सय २० मत प्राप्त गरेका छन्।
यस्तै, संघीय समाजवादी फोरमका विजय सरावगी ३ हजार ५ सय ५० मत साथ तेस्रो स्थानमा छन्। माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी २ हजार ४ सय ४ मतसहित चौथोँ र एमालेका बसरुद्दिन अन्सारी १ हजार ९ सय ८१ मतसहित पाँचौँ स्थानमा छन्।