PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

प्रधानमन्त्रीले भने- संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य



पहिलोपोस्ट

प्रधानमन्त्रीले भने- संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य

  • भीष्मराज ओझा 
न्यूयोर्कः प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्धारित समयमा तीनै तहका निर्वाचन सम्पन्न आफू लागिपरेको बताएका छन्। 

संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्क आएका प्रधानमन्त्री देउवाले बिहीबार उनको सम्मानमा नेपाली जनसम्पर्क समिति अमेरिकाले यहाँ आयोजना गरेको स्वागत समारोहमा संविधान कार्यान्वयनका लागि सरकार निर्वाचन गराउन प्रतिवद्ध रहेको बताए।

लामो राजनीतिक लडाइँपछि जनताले आफ्ना जनप्रतिनिधिमार्फत नेपालको संविधान जारी गर्न सफल भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र संघीय प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि संविधान कार्यान्वयनको महत्वपूर्ण चरण सम्पन्न हुने बताए।

उनले नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुकमा शन्ति प्रक्रिया थालनी भई अन्तिम चरणमा पुगेको बताए।

उनले मुलुकमा बहुदलीय व्यवस्था आएपछि सर्वसाधारणका लागि राहदानी सहजरुपमा उपलब्ध हुन लागेको स्मरण गर्दै तत्काल कानुनी व्यवस्था नभए पनि गैरआवासीय नेपालीले नेपाली नागरिकता पाउने सम्भावना रहेको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell