
उरुम्कीः चिनियाँ वायुसेनाले बिहीबार पाकिस्तानसँगको सैन्य अभ्यासलाई लिएर गरिएको टिप्पणीप्रति खण्डन गरेकाे छ।
चिनियाँ पिपुल्स लिवरेसन आर्मीको वायुसेनाका प्रवक्ता सेन जिन्कीले नियमित हवाई अभ्यासलाई लिएर टिकाटिप्पणी नगर्न आग्रह गरे।
उनले भने,‘कुनै देशले पाकिस्तानसँग सधैजस्तै गरिएका नियमित हवाई अभ्यासलाई लिएर टिप्पणी गर्नु अनावश्यक कुरा हो। उनीहरूले यस्ता अभ्यासप्रति अनावश्यक अफबाह नफैलाउनु राम्रो कुरा हुनेछ।’
उनले विदेशी सेनासँगको सैन्य अभ्यास हरेक देशको सेनाको सैन्य क्षमता बढाउन र राष्ट्रिय सुरक्षा तथा राष्ट्रियताका लागि आवश्यक हुने बताए।
शाहिन छैठौँ नामक संयुक्त अभ्यासलाई लिएर केही मुलुकको चासोप्रति चिनियाँ सेनाले स्पष्टीकरण दिएको हो।
चीनले पाकिस्तानसँग सेप्टेम्बर २७ देखि जे–११ युद्धक विमान, जेएच्–७ फाइटर बम्बर केजे–२०० एडव्लुब्सीएस विमान तथा स्थलसेनाको संयुक्त अभ्यास गर्दैछ। रासस/सिन्ह्वा