
स्तानबुलः टर्कीको अदालतले अनसन बसेका दुई जना शिक्षकको पक्षमा वकालत गरेका १४ जना वकिललाई जेल चलानको फैसला सुनाएको छ।
सन् २०१६ को जुलाईमा शिक्षकद्द्वय नुरिय गुल्मेन र सेमिह ओजाक्काले भोकहड्ताल गरेका थिए।
सार्वजनिक क्षेत्रमा जागिर गरेकामध्ये झण्डै एक लाख ४० हजार जनालाई निलम्बन गरिएको छ।
दुवै शिक्षकले मार्चमा भोकहड्ताल सुरु गरेका थिए। आतङ्कबादी गतिविधिलाई सहयोग गरेको आरोपमा उनीहरुलाई जेल चलान गरिएको थियो।
गत सेक्टेम्बर १४ मा उनीहरूलाई अदालतमा बोलाइएकोमा उनीहरु स्वास्थ्यका कारण अनुपस्थित भएका थिए।
जनताको अधिकार नामक संस्थाकातर्फबाट १६ जना वकिलले पालैपालो बहस गरेका थिए।
उनीहरूसँगको बहस सकिएपछि इस्तानबुल अदालतले आतङ्कवादी समूहको सदस्य भएको भन्दै १४ जना वकिललाई जेल पठाउने आदेश दिएको हो। रासस/एएफपी