PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

चितवनको रत्ननगरका बाढीपीडितलाई झुल र ब्ल्याङ्केट वितरण



पहिलोपोस्ट

चितवनको रत्ननगरका बाढीपीडितलाई झुल र ब्ल्याङ्केट वितरण

चितवनः लामखुट्टेको टोकाईबाट बच्न झुल र जाडोका लागि ब्ल्याङ्केट पाएपछि  रत्ननगरको वडा नम्बर ८ र ९ का बाढीपिडितहरु खुसी भएका छन्। 

अष्ट्रेलियाको डार्विनस्थित नेपाली जनसम्पर्क समितिले राहत सहयोग गरेपछि उनीहरु खुसी भएका हुन्।

नेपाली कांग्रेस रत्ननगरको आयोजनामा लालपर्सा र बाघमाराका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको हो।

४० घर परिवारलाई राहत वितरण गरिएको नेपाली कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेले जानकारी दिए। साउन २९ मा आएको अविरल वर्षाका कारण उक्त क्षेत्र डुवानमा परेको थियो। 

कांग्रेस निकटको जनसम्पर्क समितिले अष्ट्रेलियामा सहयोग संकलन गरेको थियो। समितिको सक्रियतामा करिब ८५ हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell