PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

फ्राइडे रिलिज: दुई नेपाली र एक विदेशी फिल्म पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज: दुई नेपाली र एक विदेशी फिल्म पर्दामा

काठमाडौं: यो साता फ्राइडे रिलिजअन्तर्गत एक मात्र नेपाली फिल्म सार्वजनिक भएको छ। फिल्म 'द मंगोलियन हार्ट' एकल प्रदर्शनमा आएको छ।

एलआर लामा निर्देशित फिल्मले अन्तरजातीय प्रेमकथाको विषय उठान गर्छ। एक्सन र रोमानटिक जानराको द मंगोलिनय हार्टमा रोसनी ब्लोन, आरएल लामा, प्रतीक्षा खड्का, धिरन शाक्य, सुशील पोखरेल, अजय खड्का, आकाश लामा, श्याम स्याङ्ताङ ,दिनेश पाख्रिन लगायत कलाकारको अभिनय रहेको छ। आरएल फिल्म इन्टरटेन्टमेन्टको ब्यानरमा एलआर लामाको कथा, लेखन तथा निर्देशन रहेको फिल्मलाई देविका खड्का र माया लामाले निर्माण गरेका हुन्। फिल्मले सिंगल स्क्रिनमा मात्र शो पाएको छ।

बंगाली फिल्म 'यति'को नेपाली डब भर्सन पनि आजैबाट प्रदर्शनमा आएको छ। हिममानव यतिको अस्तित्व खोजीका लागि हुने अनुसन्धान र मानवीय संघर्षको कथा बोल्ने फिल्ममा प्रजनजित चटर्जीको मुख्य अभिनय रहेको छ।

बलिउडतर्फ भने कुनै पनि फिल्म सार्वजनिक भएनन्।

त्यस्तै हलिउड फिल्म 'लोगन लक्की'को नेपाल प्रदर्शन सुरु भएको छ। कमेडी जनराको अमेरिकी फिल्मलाई स्टेभेन सोदरबर्गले निर्देशन गरेका हुन्। रेबेका ब्लन्ट लिखित फिल्ममा चानिङ टाटम, यादम ड्राइभर, सेथ म्याकफारलेन, रिले केअफ, क्याटी होलमेस, क्याथरिन वाटरसन, दानियल क्राग लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell